काठमाडौं, २६ असोज । राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् ।
दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । १९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको समाचार आजको नागरिक दैनिकले पृष्ठ २ मा छापेको छ ।
एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१३ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१५ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१६ घन्टा अघि




