एजेन्सी, ९ भदौ । जुरिक डाइमण्ड लिग अन्तगर्त हिजो भएको ५,००० मिटरको दौडतर्फ मो फाराह बिजयी भएका छन् ।
जुरिकमा भएको ५,००० मिटर दौडको प्रतिस्पर्धात्मक खेलमा ग्रेट ब्रिटेनका फाराहले यिथिओपियाका नयाँ विश्व च्याम्पियन एड्रिसलाई उछिन्दै १३ मिनेट ०६.०५ सेकेण्डमा जित निकालेका हुन् ।
दौडमा अमेरिकाका धावक पल चेलिमो दोस्रो र एड्रिस तेस्रो भएका छन् ।
४ ओलम्पिक टाइटलको ३४ वर्षीय हकदार अब ग्रेट नर्थ रनका लागी तयारी गर्नेछन् ।
उता ग्रेट ब्रिटेन कै सि जे उजाहले १०० मिटरको डाइमण्ड लिग टाइटल जितेका छन् ।
सिजनको उत्कृष्ट मानिएको उनको समय ९.९७ सेकेण्ड रहेको थियो । सोही रेसमा अमेरिकाका विश्व च्यम्पियन जस्टिन गाटलीन भने चौथो स्थान मै चित्त बुझाएका थिए ।
उजाहको यो पाँचौ डाइमण्ड लिग उपाधि हो, उनले यो भन्दा अघि रोम, रबात, मोनाको र र्बिमीङगाममा पहिलो उपाधि हासिल गरेका छन् । मेडलसँगै उनलाई ५०,००० डलरको चेक पुरस्कार प्रधान गरिनेछ ।