भारतले रुससंग सैन्य सम्झौता गरेपछि अमेरीका रुष्ट भारतमाथि चाँडै नै प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

भारतले रुससंग सैन्य सम्झौता गरेपछि अमेरीका रुष्ट भारतमाथि चाँडै नै प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

donald trump

एजेन्सी, २५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने बताएका छन् ।

अघिल्लो साता रुससँग एस–फोर हन्ड्रेड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्राउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने भएको हो । अमेरिकाले यसअघि नै भारतलाई रुससँग त्यस्तो सम्झौता नगर्न चेतावनी दिएको थियो । अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गरेका थिए ।

ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताएका छन् । उक्त कानुन अन्तर्गत रुससँग हतियार खरिदमा भारतलाई छुट दिने अधिकार राष्ट्रपति ट्रम्पसँग मात्र छ । ट्रम्पले त्यस्तो छुट भारतलाई नदिइने उल्लेख गरेका छन् । उनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग तेल खरिदका लागि भारतले देखाएको अग्रसरताका बारेमा पनि उचित समयमा उचित निर्णय लिइने बताएका छन् ।

अमेरिकाले यस्ता कानुन उल्लंघन गर्ने मुलुकमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । भारतमाथि अमेरिकाले कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);