९ सय किशोरीले आज रेडियो बहस गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

९ सय किशोरीले आज रेडियो बहस गर्ने

radio

काठमाडौं, २५ असोज । सातौं आन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् ।

किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् ।

कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता अतिथिका रुपमा बहसमा सहभागी हुनेछन् । जसमा देशभरिका ९ सय किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);