तनहुँ, २४ असोज । तनहुँको ब्यास नगरपालिकामा पहिलो पटक सडक वत्तिको जडान शुरु गरिएको छ । नगरपालिकामा सडक बत्ति जडान गरिए पश्चात रातको समयमा हुने चोरी निकासी तथा अपराधका जघन्य घटनामा सुधार आउने विश्वास गरिएको छ ।
ब्यास नगरपालिकाको शहरी क्षेत्रवाट जडान शुरु गरिएको सडक वत्ति क्रमश सबै वडामा विस्तार गरिने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका, विद्युत प्राधिकरण र वडा कार्यलयको संयोजनमा जडान गरिएको हो ।