पाल्पाका सरकारी कार्यालयमा बजेट र योजनाको अभाव | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

पाल्पाका सरकारी कार्यालयमा बजेट र योजनाको अभाव

palpa sarkarki karyalaya

प्रकाश नेपाल
पाल्पा, २४ असोज
। पाल्पाको तानसेनमा रहेका सरकारी कार्यालयहरुको वोर्डमा प्रदेश सरकार लेखिएको छ । कार्यालयमा टेवल कुर्चि, टेलिफोन, फर्निचर लगायतका सरसमान प्रशस्त छ तर कार्यालयमा बजेट, योजना नआउदा कर्मचारीहरु १० बजे कार्यालयमा आउने हाजिर गर्ने, दिनभरी गफ गाफ गर्ने, फेसवुक चलाउने, फोन गर्ने, चिया खाने बाहेक अन्य काम भएको छैन ।

पाल्पामा रहेका धेरै जसो कार्यालयमा प्रयाप्त कर्मचारी भए पनि काम नभए पछि घाम तापेर दिन बिताउन पनि उनिहरुलाइ सास्ती भएको छ । पाल्पामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन सिंचाई, जिल्ला प्राविधिक कार्यालय कुन तहको सरकार अन्तरगत रहने विषयमा कुनै टुङ्गो लागेको छैन ।

प्रदेश सरकार अन्तरगत संचालन भएको कृषि ज्ञान केन्द, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द, डिभिजन वन कार्यालय, भु तथा जलाधार व्यबस्थापन कार्यालय, घरेलु तथा साना उधोग कार्यालयमा कार्यालय संचालनको लागी समेत १ पैसा नभएकाले, कार्यालय लाई चाहिने सरसमान समेत उधारोमा व्यत्तिगत जमानी बसेर कारोवार गर्दै आएका छन । बजेट र योजना नहुदा कर्मचारीहरु कामविहिन भएका छन ।

डिभिजन वन कार्यालय प्रदेश सरकार अन्तरगत भएपछि ७१ जनाको दरवन्दी घटेर ६० जनामा झरेको, जिल्ला वन कार्यालय डिभिजन वन कार्यालय र ईलाका वन कार्यालय सव डिभिजन वन कार्यालयको नाम परिवर्तन भएको छ तर कार्यालय संचालनको लागी एक पैसा पनि बजेट आएको छैन । श्रावण देखी तलव भत्ता नपाउदा डेरा गरी बसेका कर्मचारीहरुले घर बाट ऋण काढेर दैनिकी चलाउनु पर्ने स्थिती आएको छ ।

घरेलु तथा साना उधोग कार्यालयले ३ पटक कार्यालयको वोर्ड परिवर्तन गरिसकेको छ । गत आर्थिक बर्षमा स्थानीय सरकार तानसेन नगरपालिका अन्तरगत रहेर ३ महिना काम गर्यो । २०७४ असोज देखी पुन केन्द्रिय सरकारमा रहेर घरेलु कार्यालयले काम गर्यो । अहिले प्रदेश सरकार मातहतमा रहेर काम गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);