सरकारद्धारा ३४ वटा मालपोत कार्यालयमा सरलीकृत फारमको ब्यवस्था | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सरकारद्धारा ३४ वटा मालपोत कार्यालयमा सरलीकृत फारमको ब्यवस्था

malpot offc

काठमाडौं, २३ असोज । सरकारले भुमी सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहिको कामलाई सहज बनाउन सरलीकृत फारमको ब्यबस्था गरेको छ ।

मंगलबार ललितपुर स्थित मालपोत कार्यालयमा एक कार्यक्रमका विच सेवा सुभारम्भ गर्दै भुमी ब्यबस्था, सहकारी तथा गरीवी निवारण मन्त्री पद्मा अर्यालले जनतालाई सहज,सुलभ र पारदर्शी ढंगले भुमी सम्वन्धी सेवा उपलब्ध गराउन सो सेवा सुरु गरेको बताए । मन्त्री अर्यालले भुमी संग जोडिएका ऐन कानुन निर्माण गर्नूपर्ने भएकाले भु उपयोग निति ल्याउन छलफल भईरहेको बताए ।
३४ वटा भुभी सुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ शुभारम्भ गरीएको सो सरलीकृत फारम समान्य नागरीकले पनी भर्न सक्ने गरी ब्यबस्था गरीएको भुमी ब्यबस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक वर्ष भित्र १ सय ५ वटै भुमी सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको ब्यबस्था गर्न लागिएको पनी जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);