चुरे क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

चुरे क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण

rambaran-yadav

काठमाडौं, २२ असोज । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चुरे क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपति यादवले ६० प्रतिशत जनसंख्यालाई आश्रय दिईरहेको चुरे विनाश तत्काल नरोकिए तराईको भूगोल मरुभूमिकरण हुनेतर्फ पनि सचेत गराएका छन् ।

१ सय ५० औं गान्धी जयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चुरे संरक्षणका विषयमा कलम चलाउन लेखक, बुद्धिजीविहरुलाई समेत आग्रह गरे । पूर्व राष्ट्रपति यादवले गान्धीको दर्शन विश्वका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गान्धीको अहिंसावादी दर्शन विश्वकै लागि महत्वपूर्ण भएको उल्लेख गर्दै उनको प्रेरणाबाटै नेपालमा पनि सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण सम्भव भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदिप गिरी, नेपालका लागि भारतका राजदुत मंजिवसिंह पुरी लगायतले पनि गान्धीको अहिंसादवादी दर्शन र त्यसले विश्वमा पारेको प्रभावबारे चर्चा गरेका थिए ।