काठमाडौंमा अचाक्ली महँगी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

काठमाडौंमा अचाक्ली महँगी

mahangi pasal

काठमाडौं, २१ असोज । चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारी लगायतको मूल्य अचाक्ली बढेको छ ।

सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ ।

तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।
उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् । आजको नागरिक दैनिकले पहलिो पृष्ठमा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);