विपन्नलाई भान्सा चलाउनै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

विपन्नलाई भान्सा चलाउनै मुस्किल

tarkali

धनगढी, २१ असोज । दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् ।

केही दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ । सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् ।

खाने तेल प्रति पोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् । तेलमात्रै हैन, चामल पिठोदेखि तरकारी लगायतको मूल्यवृद्धि भएको उनले सुनाइन् । समाचार आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);