स्वस्थ मासु खुवाउन योजना बनाउँदै कामपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वस्थ मासु खुवाउन योजना बनाउँदै कामपा

khasi-boka

काठमाडौं, २० असोज । काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भएपछि महानगरवासीलाई सचेत गराउन थालेको छ। कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपक्षीबाट हुन सक्ने खतराबाट जोगाउन कामपाले यो वर्ष रोगी खसीबोका जफत गर्ने बताए ।

दशैंको मौका छोपेर राजधानीको चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसीबोका बिक्री गर्ने प्रचलन बढेको बताउँदै उनले स्वच्छ मासु प्रगोग गर्न हामीले नाका नाकामा परीक्षण गर्ने बताए । चेकजाँचका क्रममा बिरामी भएको खसीबोका बिक्री गरेको जानकारी भए विक्रेतालाई समेत कारबाही गर्ने उनको भनाइ थियो। खसीबोकालगायतका चौपायाको स्वास्थ्य परीक्षण गर्न कामपाले करिब एक दर्जन पशु चिकित्सक परिचालन गर्ने भएको छ।

कामपाले घटस्थापनादेखि राजधानीको चार स्थानमा खसीबोका परीक्षण गर्ने भएको छ। पशु चिकित्सक, कामपा भेटेनरी शाखा, जिल्ला प्रशासन कार्यालयलगायतका समूहबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। राजधानीको कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ। ‘अहिले चार स्थान पहिचान गरेका छांै, आवश्यक भए अन्य स्थानमा समेत परीक्षण केन्द्र राख्ने तयारी गरेका छौं’ –कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

दशैंमा खसीबोका बिक्री गर्न खसीबोका व्यवस्थापन समिति, व्यापारी र सरोकारवालासँग छलफल गरिसकेको कार्कीले बताए । गत वर्ष कामपाले चार स्थानमा करिब ५० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो। यो वर्ष करिब ६० हजार खसीबोकाको स्वाथ्य परीक्षण गर्ने तयारी भइरहेको प्रवक्ता कार्कीले बताए ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);