काठमाडौं, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी यति बेला चर्चामा रहेको छ । नेकपा नेता माधव कुमार नेपालले दिएको अभिव्यक्ति पछि पार्टी भित्र बहस र विवाद चलेको छ । नेकपा भित्र केहि असन्तुष्टि रहेछ र सरकार संचालन पनि सहि ढंगबाट भएको रहेनछ भन्ने कुरा बहसको विषय बनेको छ ।
माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा माधव कुमार नेपालको अभिव्यक्तिको प्रस्नमा नेकपाका नेता झलनाथ खनालले कुनै पनि नेताले कुन कुरा कुन ठाउँमा बोल्ने भन्ने कुरामा होसियार हुनुपर्ने बताए । खनालले नेपाललाई जे लाग्यो त्यही बताए र त्यो बोल्न उपयुक्त थियो कि थिएन भन्ने कुरा आफैले विचार गर्ने कुरा हो भन्ने बताए । नेकपामा पार्टी एकता पछिको प्रक्रिया कसरी अघि बढिरहेको छ ? सरकार गठन भएको यो अवधिसम्म उसका काम कारवाही कसरी अघि बढेका छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग गरेको कुराकानी हेर्नुहोस् :