डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत

rape

डोटी, १७ असोज । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।

छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले केन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए ।

श्रीमतीलाई माइती पुर्याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती गर्यो,’ वृद्धाले भनिन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);