जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

gadi

काठमाडौं, १७ असोज । सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।

योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ । निर्वाचित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २ वर्ष पनि नपुग्दै पुन नयाँ गाडी खरिदको तयारी सुरु भएको छ।

नगर र गाउँपालिका प्रमुखका लागि गाडी खरिदसँगै उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी किन्ने तयारीमा रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यसो त सबै नगर र गाउँका प्रत्येक वडाका वडाध्यक्षहरूलाई स्थानीय तहले मोटरसाइकलको व्यवस्था गरेका छन्।

विकास निर्माणका लागि सवारीसाधन अनिवार्य भन्दै खरिदका लागि ५ नगर र ६ गाउँपालिका सबैले रकम विनियोजन गरेको जनाएका छन्। अर्जुनचौपारी गाउँपालिकाले एउटा गाडी, प्रत्येक वडा र नगर कार्यपालिकाका लागि समेत गरी १२ मोटरसाइकल खरिद गरेको छ। ३ नम्बर वडा समितिमा २ मोटरसाइकल छन्। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार गाउँ कार्यपालिकामा थप अर्को गाडी आवश्यक छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);