भारतलाई खुसी पार्न ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

भारतलाई खुसी पार्न ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

donald trump

एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले भारतलाई ‘टेरिफ किङ’को संज्ञासमेत दिएका छन् । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । अमेरिका र भारतबीच ब्यापार अन्तर २५ अर्ब डलर बराबरको रहेको छ । ट्रम्पको भनाइप्रति भारतले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबीच भएको ब्यापारिक सम्झौताले अमेरिकी कलकारखानमा काम गर्ने मजदुरका लागि फलदायी साबित हुने बताए । उनँले यो सम्झौताले अमेरिकी मजदुरले रोजगारी पाउने दाबी समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);