काठमाडौं, १४ असोज । पशुपति क्षेत्र भित्र दुई वटा सफा टयाम्पो संचालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टयाम्पो संचालनमा ल्याइएको हो ।
लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा संचालनमा ल्याइएको सो टयाम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरे ।
अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन पशुपति क्षेत्रमा टयाम्पो संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक सुमिद भट्टराईले जानकारी दिए ।
सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको थियो ।




