काठमाडौं, १४ असोज । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कार लगायतका अपराधिक घटना नियन्त्रणका लागि सक्रीय भएर लागिपर्न सम्बन्धित सबै निकाललाई निर्देशन दिएका छन् ।
आइतवार राजधानीमा आयोजित दोश्रो नेपाल बालिका सम्मेलनमा कार्यबहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको उल्लेख गरे । उनले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी गरे ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले परम्परागत सामन्ती सोचका कारण महिला तथा बालिका बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटनाको शिकार हुनु परेको उल्लेख गरे ।
अभिनेत्री मनिषा कोइरालाले शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना घटिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न उनीहरुको शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।
‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।