ए डिभिजन लिग : आर्मी र न्युरोड क्लव बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

ए डिभिजन लिग : आर्मी र न्युरोड क्लव बराबरीमा

काठमाडौं, १३ असोज । सहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तरगत सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा आज भएको पहिलो खेलमा आर्मी र न्युरोड क्लवले वरावरी गर्दैै अंक बाँडेका छन् ।

एनआरटीका रोजित पुडासैनी र राजेश परियारले गोल गरे । आर्मीका सन्तोष तामाङले दुवै गोल गरे । खेलको शुरुवातदेखि नै आर्मीले एनआरटीलाई दवावमा राखेपनि एनआरटीले १२औं मिनेटमा गोल गर्न सफल भएको थियो ।

पहिलोपटक आर्मीको पोस्टमा बल पु-याएको एनआरटीले दोस्रो पटक प्राप्त कर्नरमा गोल गर्न सफल भएको थियो । कर्नरमा प्राप्त बललाई निशान लिम्बुले प्रहार गरेको बललाई रिवाउन्डमा रोजितले गोल गर्न सफल भएका थिए ।

तर, आर्मीले ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबबरी गोल गर्न सफल भयो । एनआरटीका खेलाडीले डि–बक्समा ह्यान्ड गरेपछि आर्मीले पेनाल्टीको मौका पाएको थियो । जसमा सन्तोष तामाङ चुकेनन् र खेल पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा पनि आर्मीले खेललाई नियन्त्रणमा लिएपनि गोल गर्न भने निरन्तर चुकिरह्यो । आर्मी गोलका लागि चुकिरहँदा ६४औं मिनेटमा एनआरटीले गोल गर्न सफल भयो । लिगको दोस्रो दिन आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच दिउँसो ३ बजेपछि सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ ।