प्रदेश ७ को नाम 'सुदूरपश्चिम' र राजधानी 'गोदावरी' | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’

कैलाली, १२ असाेज । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस र स्थानीयको बिरोधका बाबजुद प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीमै रहने गरी स्विकृत गरिएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्ताव गरेका थिए । प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपालीको समर्थनमा रहेको प्रतिवेदन सत्तापक्ष नेकपाका दुई तिहाई बहुमत सांसदहरुले पारित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले बैठक बहिस्कार गरेपछि नेकपाका ३८ सांसदको मतले नाम र राजधानीमाथिको प्रस्ताव पारित गरेको हो ।

प्रदेशको नामांकन र स्थायी राजधानीबारे सुझाव दिन गठित समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी सिफारिस गरेपछि कैलालीका धनगढीवासीले आन्दोलन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);