वरिष्ठ चिकित्सक केसीद्वारा मन्त्री पोखरेलको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८१, बिहीबार

वरिष्ठ चिकित्सक केसीद्वारा मन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं, १२ असोज । वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौंता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दावी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

शुक्रबार महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री ओली स्वयम्को पहलमा गरिएको सम्झौंता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पु¥याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने बताए ।

वरिष्ठ चिकित्सक केसीले देशमा अपराध र बलात्कारका घटना बढ्दा पनि सरकार मुखदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले कुशासनको राजको अन्त्य, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरुसँग गरिएको सहमति अनुसार तत्काल पारित नभए विना जानकारी १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ चिकित्सक केसीले भ्रष्टाचारमा दोषी ठहर भएका त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थ खनियाँलाई राष्ट्रपतिबाट मानपदवी दिलाउने काम गरेकोमा पनि आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);