लामोसाँघु–मुडे सडकखण्ड १५ दिन भित्र सम्पन्न गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

लामोसाँघु–मुडे सडकखण्ड १५ दिन भित्र सम्पन्न गर्न निर्देशन

काठमाडौं, १२ असोज । प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लामोसाँघु–मुडे सडकखण्ड मर्मत कार्य १५ दिन भित्र सम्पन्न गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानी सहज हुनेगरी लामोसाँघु–मुडे सडकखण्डको मर्मत, सम्हार कार्य १५ दिन भित्र सम्पन्न गरिसक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काममा कठिनाई आएपछि सो सडकखण्ड मर्मतको काम १५ दिन भित्र गरिसक्न सरकारलाई सचेत गराउनु परेको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले सो सडक खण्डको हालसम्मको कामको सम्पूर्ण विवरण ५ दिन भित्र समितिमा पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ । बैठकमा समितिकी सदस्य शान्तिमाया तामाङले सो सडक खण्ड तत्काल मर्मत संहार गरी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीलाई सहज बनाउन सरकारसँग माग गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);