मन्दिरको भेटिले चलेको दुई स्कुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्दिरको भेटिले चलेको दुई स्कुल

school

अर्घाखाँची, १२ असोज । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ।

यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ ।  ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन्।

शान्तिमा रहेका १० शिक्षक मध्ये ४ लाई तलब दिन पुगेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए। धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);