काठमाडौं, ११ असोज । काठमाडौंको भृकुटीमण्डपमा ‘स्टक क्लियरेन्स मेला’ सुरु भएको छ । दसैंको अवसर पारेर ‘स्टक क्लियरेन्स मेला’ आयोजना गरिएको हो ।
अफरसहित सहज ढंगले सामान उपलब्ध गराउन मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विजयसागर प्रधानले जानकारी दिए । ७२ वटा स्टल रहेको मेलामा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका देशहरु सहभागी रहेका छन् ।
मेलामा बंगलादेशको कटन, पाकिस्तानको छाला र फर्निचरका सामग्री तथा भारतको जुत्ता विशेष आकर्षणको रुपमा रहेका छन् । ५ दिनसम्म चल्ने मेलामा ३० हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।