पोखरा, १० असोज । पोखराकी १० वर्षीया बालिका श्रेया विकलाई बलात्कार पछि हत्या गरेको आरोपमा कुशुम पौडेललाई प्रहरीले प्रक्राउ गरेको छ । गत मंगलबार मृत अवस्थामा भेटिएकी १० वर्षिय बालिका विकको घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
अभियुक्त पौडेल श्रेया विकको छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका पौडेलले बालिकालाई फकाएर बलात्कारको प्रयास गरेका थिए । तर, बालिकाले प्रतिकार गरेपछि दुबै हातले घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ । बालिकालाई ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको अवस्था शव फेला परेको कास्की प्रहरीको जनाएको छ ।
प्रहरीले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका बेला स्थानीय वासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै बुधवार प्रहरी कार्यालय बाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।