सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने प्रकाण्डकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८१, शनिबार

सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने प्रकाण्डकाे चेतावनी

prakanda

काठमाडौं, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समुहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफु विरुद्ध झुठा मुद्दा लगाएर दमन गरेको भन्दै सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतबाट रिहा भए लगत्तै मंगलबार सांझ माईतिघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सर्वसाधारण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलन मार्फत गरिने चेतावनी दिए ।

नेपालमा अहिले भएको राजनीतिक परिर्वतनमा प्रधानमन्त्री केपी ओलिको कुनै हात नरहेको र आफुहरुको अनवरत संघर्षबाट मात्रै संभव भएको उनले बताए । उनले दुई तिहाईको सरकारले सम्पुर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको आरोप लगाए ।

प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको, चन्दा असुली लगायतमा दोषी आरोपित गर्दै उदयपुर, मकवानपुर, काठमाडौं, काभ्रे लगायत जिल्लामा मुद्दा दर्ता गरेको थियो । यी मुद्दामा प्रहरीले पटक पटक नियन्त्रणमा लिई मुद्दा चलाए पनि सर्वोच्चले रिहा गर्न आदेश दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);