बीमा क्षेत्रमा देखिएको जोखिम न्यूनीकरण गर्न सबै पक्ष लाग्नु पर्नेमा अर्थमन्त्री खतिवडाको जोड | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

बीमा क्षेत्रमा देखिएको जोखिम न्यूनीकरण गर्न सबै पक्ष लाग्नु पर्नेमा अर्थमन्त्री खतिवडाको जोड

yubraj khatibada

काठमाडौं, ९ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा क्षेत्रमा देखिएको जोखिम न्यूनीकरण गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिएका छन् ।

मंगलवारदेखी काठमाण्डौमा शुरु भएको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलनमा खतीवडाले प्रविधिको नयाँ–नयाँ प्रयोगसँगै बीमा क्षेत्रमा पनि चुनौति थपिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढन विकाशशील राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा दिए । उनले नेपालले वीमामार्फत् जनतालाई सशक्त बनाएर गरिवी निवारण गर्ने कामलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले बीमा सेवाले सामाजिक–आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न ढिलाई गर्न नहुने बताए । २ दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी र विदेशी गरी ६ सय जनाको सहभागिता रहेको छ ।  सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनिकरणमा विमा कम्पनीहरुको भूमिकाका विषयमा पनि विस्तृत छलफल हुने बीमा समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);