मुुल्यवृद्धि नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकि कठिन | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

मुुल्यवृद्धि नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकि कठिन

tarkari falful

काठमाडौं, ८ असोज । मुुल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकि कठिन हुदै गएको छ । झन चाडपर्व नजिकिदै जादा तरकारी लगायत उपभोग्य सामाग्रीको मुल्य छोईनसक्नुभएको छ । महङ्गीका कारण सर्वसाधारणलाई जीवननिर्वाह गर्न समेत असहज भएको छ ।

चाडपर्व नजिकिदै जादा तरकारी फलफुल लगायत उपभोग्य सामाग्रीको मुल्य आकासिएको छ । मुुल्यवृद्धिको मार विपन्न देखी सम्पन्न वर्गका परिवारलाई समेत परेको छ । धनी वर्गलाई यसको असर खासै नपरेपनी सामान्य नागरिकलाई भने बिहान बेलुका चुलो बाल्न नै धौ धौ भएको छ । मजदुरी गरी खाने त महङ्गीले भोकै पर्ने स्थिती आएको गुनासो गर्छन ।

संविधानको भाग ३ को धारा ३६ मा खाद्य सम्बन्धि हकलाई मौलिक हकमा राखिएको छ । तर मौलिक हक कागजमा मात्र सिमित भएको उपभोक्ताको गुनासो छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा २१ दशमलव ४ प्रतिशत गरिबीको रेखामुनि छन् । दिनप्रतिदिन बढेको मूल्यवृद्धिले चुल्हो बाल्न समेत कठिन भएको उपभोक्ता बताउछन् ।
यसरी चाडपर्वको नजिकमा बजार भाउमा वृद्धि हुदा र ब्यबसायीहरुले आँफुु खुसी बजारभाउ तोक्ने गर्दा पनि सरकारको ध्यान यसतर्फ जानसकेको छैन । चाडपर्व नजिकिएसंगै व्यवसायीले उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर ब्यापारीहरु भने कुनै पनि समानमा मुुल्यवृद्धि नभएको दावी गर्छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);