काठमाडौं, ७ असोज । राष्ट्रियसभाका सांसदहरुले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दसैं, तिहार जस्ता चाडपर्वमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराएका हुन् । उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गरे ।
सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई परिचय पत्र तत्काल दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।