राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुरा

madhav

काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षको भएका छन् ।  विक्रम संवत १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवको अवसरमा आइतबार लैनचौंरस्थित निवासमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुश्वास्थ्य र दीघार्यूको कामना गरेका छन् ।

उनले पनि सय वर्ष पुगेको अवसरमा घरमै पूजापाठ गरेका छन् । यसै अवसरमा आगामी असोज १३ गते राष्ट्रकवि घिमिरेको रथयात्रा पनि हुँदैछ । गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार हुन् ।

बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाएका उनि बहुप्रतिभाशाली छन् । राष्ट्रकवि घिमिरे उपकूलपतिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि लामो समय सक्रिय रहे । सय वर्षको उमेरमा पनि राष्ट्रकवि घिमिरे साहित्य सृजनामा सक्रिय रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);