संसदीय समितिमा ६० प्रतिशत महिला नेतृत्व हुनु सुखद : उपसभामुख | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

संसदीय समितिमा ६० प्रतिशत महिला नेतृत्व हुनु सुखद : उपसभामुख

काठमाडौं, ६ असोज । उपसभामुख डा. शिव माया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको बताएकी छन् ।

काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरिन् ।

‘लैंगिक प्रतिनिधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’ प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गरेका छन् भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गरेका छन् ।

उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरुलाई अपिल गरिन् ।

उनले स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरुको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);