पार्टी एकतालाई जनबर्गिय संगठनसम्म लैजानुपर्नेमा नेकपाको जोड | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

पार्टी एकतालाई जनबर्गिय संगठनसम्म लैजानुपर्नेमा नेकपाको जोड

nekapa-sahana

काठमाडौं, ६ असोज । पार्टी एकतालाइ जनबर्गिय संगठनसम्म लैजानुपर्नेमा नेपाल कम्युनिष्ट पार्टीकोे जोड रहेको छ । साहना प्रधानको चौथो समृति दिवसको अबसरमा शनिबार पार्टी कार्यलय धुम्बाराहीमा आयोजीत कार्यक्रममा अध्यक्षद्वयले पार्टी एकता ऐतिहासिक कदम भएकाले यसलाइ तल्लो बर्गसम्म एकता बनाएर लैजानुपर्ने बताएका छन् ।

अहिले नेपालको कम्युनिष्ट पार्टीकाबीच अवसर र चुनौति दुबै रहेको भन्दै अध्यक्षद्धयले पार्टीलाई मिलाएर लैजान नसके एउटै डुंगामा सबै डुब्न सक्ने खतरा रहेको पनि बताए । अहिले पार्टीभित्र ठुलो जोखिम रहेको भन्दै जोखिमलाई नेतृत्वले बुझ्न नसके दुर्घटना हुने बताएका छन् ।

सामाजिक परिर्वतनको आन्दोलनमा स्वर्गीय साहाना प्रधानको असाधारण भूमिका रहेको अध्यक्षद्धयको भनाइ छ । कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सहाना प्रधानको भूमिका स्मरणीय रहेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा उनको नेतृत्वदायी भूमिका रहेको बताए ।

कार्यक्रममा कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, नेता बामदेब गौतमले सहाना प्रधान राजनीतिक दर्शनको ज्ञाता भएको बताएका छन्  ।साहाना प्रधान कम्युनिष्ट आन्दोलनको चम्किलो तारा भएको कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);