रुसी जनगायकको सम्झना | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

रुसी जनगायकको सम्झना

losif kabjon

काठमाडौँ, ५ असोज । १३ वर्षदेखि क्यान्सरले थलिएको ८० वर्षको जीवन  रसियाली जनगायक युसिफ काब्जोनले गत वर्ष आफ्नो ८० औं जन्मोत्सवमा आयोजित कन्सर्टमा चार घण्टा लगालग गीत गाएर थुप्रैलाई चकित पारिदिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनसमेत उनको कन्सर्टको बीचमै आएर बधाई दिए । कन्सर्टमा १० घण्टा ननस्टप गाएर रेकर्ड बनाएका काब्जोनको गत ३० अगस्टमा निधन भयो । तिनै काब्जोनका गीतहरू बिहीबार भने राजधानीस्थित रूसी सांस्कृतिक केन्द्रमा प्रस्तुत गरिए । काब्जोनको सम्झनामा केन्द्र र नेपाल रूस साहित्य समाजले गरेको स्मृति सन्ध्यामा उनका चौध गीतका भिडियो देखाइए ।

कन्सर्टमा गाएका मात्रै नभई फिल्ममा प्रयोग गरिएका र काब्जोन स्वयंले अभिनय गरेका गीतको नेपाली अनुवादसहित भिडियो देखाइएको थियो । भिडियोमा काब्जोन गाउँदै थिए जबसम्म म हिँड्न सक्छु जब सम्म म हेर्न सक्छुजबसम्म मेरो यो सास बाँकी रहन्छ म अघि बढिरहन्छु । दोस्रो विश्वयुद्धताका यही गीत गाउँदै काब्जोनले रूसी जनता, सेना र सैनिक परिवारलाई हौसला दिने काम गरेको नेपाल रूस–साहित्य समाजका अध्यक्ष जंगब चौहानले बताए ।कवि मञ्जुलले भने, ‘गीत राम्रो लाग्नुको एउटा प्रमुख कारण, उत्कृष्ट अनुवाद पनि हो ।’
काब्जोन दोस्रो विश्वयद्धताका द्वन्दग्रस्त क्षेत्रमा समेत जान्थे र त्यहाँ परिवर्तन र क्रान्तिका गीतहरू गाउँथे ।

कार्यक्रममा देखाइएको छोटो डकुमेन्ट्रीमा काब्जोनले भनेका छन्, ‘धेरै बन्दुक मतिर पनि तेर्सिए, तर त्यस्तो क्षेत्रमा जान म कदापि डराइनँ ।’ केन्द्रकी निर्देशक युलिया एन्ड्रोसोभाका अनुसार काब्जोनको लोकप्रियता तत्कालीन सोभियत संघमा निकै थियो र अहिलेको रसियामा पनि उत्तिकै छ । काब्जोनले रसिया र युक्रेनमा ‘पिपुल्स आर्टिस्ट’ अर्थात् जनगायकका थुप्रै टाइटलसमेत पाएका थिए । उनका तीन हजारभन्दा बढी गीत रेकर्डेड छन् भने प्राय रूसी नागरिकलाई उनका गीत कण्ठस्थ रहेको जंगबले सुनाए ।

काब्जोनको एउटा अन्तर्वार्ता उद्धृत गर्दै जंगबले भने, ‘गीत यस्तो हुनुपर्छ, जुन कन्सर्टमा गायकले गाइरहँदा कम्तीमा सय जनाले सँगै गाउन सकून् । शब्द यस्तो हुनुपर्छ, जुन श्रोताको मनमा बस्न सकोस् । दुईचार जनालाई याद भएर मात्रै त्यो गीतको महत्व हुन्न ।’कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);