गणतन्त्रलाई सुदृढ बनाउन लागि पर्न निधिको आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

गणतन्त्रलाई सुदृढ बनाउन लागि पर्न निधिको आह्वान

nidhi

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई लागि पर्न आह्वान गरेका छन् ।

उपसभापति निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरेका हुन् ।

बिहीबारबाट काठमाडौंको बसन्तपुरमा सुरु भएको ‘लोकतन्त्र मेला’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए । संविधान दिवसको अवसर पारेर आयोजना गरिएको तीन दिने लोकतन्त्र मेलामा लोकतन्त्रका लागि आवश्यक सन्दर्भ सामग्री सहितको स्टल पनि राखिएको छ ।

लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको महत्वमाथि प्रकाश पार्ने उद्देश्यका साथ राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले सो मेलाको आयोजना गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);