काठमाडौं, ३ असोज । सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो । सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।