तीजको अवसरमा नेपाल टेलिकमको यस्तो अफर | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

काठमाडौँ, ८  भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो।

 

टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० एमबि डाटाको मूल्य रु. १५० निर्धारण गरेको छ । यो प्याकको भ्यालीडीटी १४ दिनको हुनेछ।

 

त्यस्तै २५० प्याक अन्तर्गत १ जीबीको डाटा रु. २५० मा दिने टेलिकमले जनाएको छ । यो प्याक एक पटक किनेपछी २८ दिनसम्मको अवधीसम्म हुनेछ । माथिको प्याक किन्नको लागि प्रयोगकर्ताहरुले आफ्नो मोबाइलको म्यासेज बक्समा PACK150 or PACK250 टाइप गरि 1415 मा पठाउनु पर्नेछ।

 

त्यस्तै तीज अफर अन्तर्गत टेलिकमको युटुब प्याकको मूल्य १ जीबी बराबर रु. १०० निर्धारण गरिएको छ भने ५०० एमबि प्याकको लागि रु. ६० तिर्नुपर्नेछ । एस्प्याक अन्तर्गत १ जीबी किन्नेको अवधि २१ दिनको हुनेछ भने ५०० एमबि किन्नेको अवधि १४ दिनको हुनेछ । यो प्याक किन्नको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा YT1GB or YT500MB टाइप गरि 1415 मा पठाउनु पर्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);