अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक नमान्ने प्याब्सनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक नमान्ने प्याब्सनको चेतावनी

काठमाडौं, १ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ ।

प्याब्सनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसदबाट पारित सो विधेयक मान्य नहुने चेतावनी दिएको हो । आफूहरुसँग छलफल समेत नगरी पारित गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तत्काल संशोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले चेतावनी दिए ।

उनले सो विधेयक तत्काल संशोधन नभए विद्यालय सदाका लागि बन्द गर्न आफूहरु बाध्य हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाबाट पारित सो विधेयकले निजी क्षेत्रलाई मारमा पार्ने प्याब्सनको बुझाई छ ।

व्याब्सनले विधेयकमा राखिएको विद्यार्थी संख्या ५ सय भएका विद्यालयहरुले १० प्रतिशत, ८ सयसम्म भएका विद्यालयहरुले १२ प्रतिशत र सो भन्दा बढि विद्यार्थी संख्या भएका विद्यालयहरुले १५ प्रतिशत विद्यार्थीहरु निःशुल्क पढाउनुपर्ने प्रावधान बैज्ञानिक र व्यवहारिक नभएको दावी गरेको छ ।

त्यसैगरी निःशुल्क पढाउने विद्यार्थीहरुको छनौट सम्बन्धित बिद्यालयले गर्न नपाउने व्यवस्थाको पनि विरोध गर्नु परेको अध्यक्ष सम्बाहाम्फेले बताए । राज्यले स्रोत नदिने र सेवाका सर्तमात्रै थप्ने कुरा आफूहरुलाई मान्य नहुने प्याब्सनको तर्क छ ।

अध्यक्ष सम्बाहाम्फेले निःशुल्क शिक्षासम्बन्धि आरक्षणको व्यवस्था आईसकेपछि थप आरक्षणको व्यवस्था गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);