अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी

nepalvsindia

काठमाडौं, ३१ भदौ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई २५ रनले हराएको छ । नेपालले अफगानिस्तानलाई दिएको १९० रनको लक्ष्य पछाउने क्रममा ४७ ओभर ४ बलमा १६४ रन बनाएर अल आउट हुन पुग्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १ सय ४९ ओभर ३ बलमा ८९ रनमा अलआउट भएको थियो । नेपालका लागि सुरुवाती तीन खेलाडी त्रितराज दाश ४ रनमा आउट भए भने आसिफ शेख तीन र अरुण ऐरीले खातासमेत खोल्न सकेनन् । त्यसपछि सन्दिप जोरा २८, लोकेश बाम १६ रनमा आउट भए । ११६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र नौ रनमा पेभेलियन फर्किए ।

आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । रासिद खान २४ रनमा आउट भए भने पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए ।

त्यस्तै बलिङ तर्फ नेपालका सागर ढकालले सर्बाधिक ४ विकेट लिए । यस्तै कमल ऐरी र राशिद खानले समान २ विकेट लिए भने पवन सराफले १ विकेटको योगदान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);