काठमाडौं, ३१ भदौ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९० रनको लक्ष्य दिएको छ । भारत र अफगानिस्तान सम्मिलित भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ३ बलमा अलआउट भयो ।
नेपालले आइतबार पनि राम्रो सुरुवात गर्न सकेन । नेपालका लागि सुरुवाती तीन खेलाडी त्रितराज दाश ४ रनमा आउट भए भने आसिफ शेख तीन र अरुण ऐरीले खातासमेत खोल्न सकेनन् । त्यसपछि सन्दिप जोरा २८, लोकेश बाम १६ रनमा आउट भए ।
११६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र ९ रनमा पेभेलियन फर्किए । तर आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । रासिद खान २४ रनमा आउट भए भने पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए ।
अघिल्ला दुई खेलमा लगातार हार बेहोरेको नेपाल र अफगानिस्तान पहिलो जितको खोजीमा रहेका छन् ।
सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन् ।