गौतमले ताके अब बाँके ३ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

गौतमले ताके अब बाँके ३

bamdev gautam

काठमाडौं, ३१ भदौ । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ ।

त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो ।  त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव बिष्णु पोडेल लागिपरेका छन् । पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।

उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए ।
वामदेवजीलार्य संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);