बाग्लुङको बडीगाड खोला थुनियो, बाँध फुट्ने डरमा स्थानीय रातभर जाग्राम | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बाग्लुङको बडीगाड खोला थुनियो, बाँध फुट्ने डरमा स्थानीय रातभर जाग्राम

baglung-landslide

बाग्लुुङ, ३० भदौ । बाग्लुुङ ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा पहाड माथिबाट ठूलो चट्टान खसे पछि रातिदेखि बढीगाड खोला थुनिएको छ । खोला राती करिब १२ बजेदेखि थुनिएको हुनसक्ने स्थानीयबासिन्दाले अनुमान गरेका छन् ।

ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका ७ अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । खोला थुनिएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । डुबानबाट कुनै मानवीय क्षति भएको छैन ।

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् ।घटनाको जानकारी पाएपछि रातै नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना सहितको टोली घटनास्थलमा गएको हो ।

खोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका अन्तर्गत पर्ने बढीगाड खोला वरिपरि रहेका बजार र बस्तीहरुमा पनि सुरक्षा सतर्कता बढाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बढीगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटर दूरीमा पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);