प्रतिपक्षीले उठाएका विषयबारे शुक्रबारको बैठकमा सम्बन्धीत मन्त्रीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

प्रतिपक्षीले उठाएका विषयबारे शुक्रबारको बैठकमा सम्बन्धीत मन्त्रीले जवाफ दिने

काठमाडौं, २८ भदौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सदनमा प्रतिपक्षी दलले उठाएका विभिन्न विषयबारे शुक्रबारको बैठकमा सम्बन्धीत मन्त्रीले जानकारी दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री ढकालले निर्मला पन्तको हत्याको घटनाबारे छानविन आयोग निर्माण गरिएको र त्यसको प्रतिवेदन आउन लागेको भन्दै उनले बैठकमा उठेका विभिन्न विषयको सम्बन्धीत मन्त्रीले नै सदनमा जानकारी गराउने बताए।

पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले निर्मला पन्तको बलात्कार पछि हत्याको घटना र त्यससंग जोडिएर आएका विषयबारे सरकारसंग जवाफ माग गरेको थियो । त्यसैगरी रोल्पा सुलीचौरमा रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको दोषिलाई कारवाहीको दायरामा ल्यान नसक्नुको कारण तथा खोजतलास साप्ताहिकका सम्पादकलाई विना कारण गिरफ्तार गरिएको भन्दै त्यसबारे जवाफ माग गरेको थियो ।

प्रतिपक्षी दलले सम्बन्धीत घटनामा जवाफ माग गरेपछि सरकारका तर्फबाट कानुन मन्त्री ढकालले दोश्रो बैठकलाई सम्बोधन गर्दै त्यसबारे सरकारले जवाफ दिने प्रतिवद्धता जनाएका हुन्।

उनले भने “रोल्पा सुलिचौर गोलिकाण्डमा रोहित पुनको हत्या भएको घटना र खोज तलास साप्ताहिकका सम्पादकलाई गिरफ्तार गरि अमानविय ढंगले व्यवहार गरिएको विषयमा प्रमुख प्रतिपक्षी दलबाट ध्यानाकर्षण भएको छ । यी घटनासंग सम्बन्धीत भएका सबै अभियुक्तहरुलाई उचित समयमा सरकारले कडा भन्दा कडा कारवाही गर्ने प्रतिवद्धता सरकारको तर्फबाट मैले यहाँ गर्न चाहन्छु र सम्बन्धीत अन्य विषयहरुमा भोली हुने संसदको बैठकमा सम्बन्धीत मन्त्री मार्फत दिने व्यहोरा सभामुख मार्फत संसदलाई जानकारी गराउन चाहन्छु । ” मन्त्री ढकालले सरकारको तर्फबाट प्रतिवद्धता जनाएपछि दोश्रो बैठकको कारवाही अघि बढेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);