सरकारद्दारा श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

सरकारद्दारा श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने दाबी

gokarna bista

काठमाडौं, २६ भदौ । सरकारले डेढ महिना भित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले डेढ महिना भित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सरकारले चालू आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सूरुवात गरिसकेको उललेख गरे ।

मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको पनि समितिलाई जानकारी दिए । उनले श्रमिकहरुको पेन्सनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);