प्रधानमन्त्री र मुख्यमन्त्रीबीच कुनै द्वन्द्व छैन : शाही | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच कुनै द्वन्द्व छैन : शाही

काठमाडौं, २५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी ओली र मुख्य मन्त्रीहरुबीच द्वन्द्व नरहेको स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकारको व्यवस्था गरेकाले संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व हुने कारण नरहेको प्रटयाएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानको बर्खिलापमा भने कोही पनि जान नहुने चेतावनी दिए ।

मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकार दिएकाले ‘संघीय सरकारले दिने र प्रदेशले लिने’ भन्ने सोचको अन्य हुनुपर्ने बताए । उनले अभाव भएका कर्मचारीको व्यवस्थापनका लागि पनि प्रदेशमै लोक सेवा आयोग गठन गर्ने संविधानमै व्यवस्था भएकाले यस सम्बन्धमा पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्टि राख्नु पर्ने कारण नरहेको स्मरण गरे ।

मुख्य मन्त्री शाहीले एक वर्ष भित्र कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरे । उनले स्थानीय स्तरमै मल, विउ उत्पादन गरी कृषकहरुलाई निःशुल्क वितरण गर्ने योजना अघि सारे ।

कर्णाली प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्ध बनाउने मुख्यमन्त्री शाहीको भनाई छ । मुख्य मन्त्री शाहीले कर्णाली प्रदेश गरिव नभएको र यसलाई छिट्टै समृद्ध बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);