बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

bank interest

काठमाडौं, २५ भदौ । बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो।

यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। ऋणको ब्याज बढाउन भने त्रैमास (तीन महिना) कुनुपर्नेछ।

‘नयाँ व्यवस्था ब्याजदर घटाउनका लागि मात्र हो। वृद्धिका लागि होइन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ब्याजदर बढाउनका लागि भने बैंक तथा वित्ती संस्थाले त्रैमास कुनुपर्नेछ।’पछिल्लो समय वित्तीय प्रणलीमा तरलता लगानीयोग्य रकम सहज भए पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनले तीन महिनाअघि ब्याज घटाउन नपाइने भन्दै पुरानै (उच्च) ब्याजदर लिइरहेका छन्।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि