काभ्रे, २३ भदौ । काभ्रेमा दर खाएका २ सय २९ जना विरामी परेका छन् । काभ्रेको पाँचखाल स्थित स्थानीय सहकारी संस्थाले शुक्रवार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खान गएकाहरु विरामी परेका हुन्।
विरामी परेका मध्ये ३ जनालाई पाटन अस्पताल र अन्यको स्थानीय मेडिकल र स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धेरैको अवस्था अहिले सामान्य छ । उनीहरुलाई फुड प्वाईजन भएको हुनसक्ने काभ्रेका प्रहरी नायव–उपरीक्षक दिपक गिरीले जानकारी दिए ।