काठमाडौं, २३ भदौ । राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन । संबिधानसभा भंग भएको १० महिना बितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेका ल्यापटप अधिकांशले फिर्ता नगरेको संसदको स्टोर शाखाका प्रमुख बिनोदकुमार मालीले बताए ।
‘खबर गरेका छौं, धेरै भनिरहन पनि मिलेन’ मालीले भने– आफैंले जानेर बुझाउनु पर्ने हो ।’ मालीले नियम अनुसार सुविधा लिनु स्वभाविक भएपनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक भएको बताए ।
मालीले क–कसले फिर्ता गरेनन् भन्ने बारेमा नाम खुलाउन चाहेनन् । मालीले सूचना अधिकारीबाट आधिकारिक सूचना लिन भनेपनि सूचना अधिकारी केशव अर्यालले आफूले पटकपटक स्टोर शाखाबाट जानकारी माग्दा पनि नपाएको बताए । संविधानसभाका प्रमुख ३ दलका प्रमुख सचेतक र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताले ल्यापटप लगेका थिए ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।