आमाका नामबाट नागरिकता लिन संशोधन | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

आमाका नामबाट नागरिकता लिन संशोधन

nagarikata

काठमाडौं, २२ भदौ । आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका छन्।

सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन्। आमाका नामबाट नागरिकता लिन बाबुको खोजी गरिएको र पहिचान हुन नसकेको अवस्थामा त्यसको पुष्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति उनीहरूले आपत्ति जनाएका छन्।

संशोधन विधेयकको दफा ६(१) को ख खण्डमा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजका बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजकी आमाले गरेको स्वघोषण’ भन्ने वाक्यमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूले संशोधन हालेका हुन्।

नागरिकता एेनको दफा ८ को नागरिकता प्रमाणपत्र प्राप्तिका लागि निवेदन दिनुपर्ने प्रावधानमा संशोधन गरी उक्त वाक्य थप्न खोजिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार