'मौलिक हकका सबै विधेयक असोज २ गते भित्र संसदबाट पास' | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

‘मौलिक हकका सबै विधेयक असोज २ गते भित्र संसदबाट पास’

krishana mahara

काठमाडौं, २१ भदौ । सभामुख कृष्णबहादुर महराले मौलिक हक अन्र्तगतका सबै विधेयक असोज २ गते भित्र संसदबाट पास भईसक्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गरि सभामुख महराले निर्धारित समय भित्रै सबै दलसंगको सहमतिमा नै विधेयक आउने बताए । प्रतिनिधिसभा तर्फका विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले मौलिक हक अन्र्तगतका आवश्यक १० वटा विधेयकहरु आगामी असोज २ गते भित्र नै संसदले पारित गर्ने बताए ।

कतिपय विधेयक समितिमा छलफलको अवस्थामा रहेका र केहीलाई बिहीबार नै प्रतिनिधिसभाले सम्बन्धीत समितिमा पठाउने भन्दै उनले निर्धारित समयमा नै सबै विधेयक आउने दाबी गरे ।

उनले मौलिक हकसंग सम्बन्धीत विधेयकहरुलाई प्राथमिकताका साथ एक हप्ता भित्र टुग्याउन समिति सभापतिहरुलाई निर्देशन दिईसकेको बताए ।

आफुले मौलिक हक अन्र्तगत आवश्यक पर्ने विधेयक पास गर्नका लागि सहयोग गर्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेको सोही अनुसार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल र सहमति पनि भएकाले विधेयक सहमतिका साथ पास हुने उनले बताए ।

साझा सहमति हुन नसकेका बिषयमा सरकारले पछि संशोधन प्रस्ताव पनि ल्याउन सक्ने उनले उल्लेख गरे । चीनको केन्द्रीय सरकार र ल्हासा स्वायक्त सरकारले संयुक्त रुपमा आयोजना गर्न लागेको चौथो टुरिजम एण्ड कल्चरल एक्स्पोमा सहभागी हुन आफु शुक्रबार चीन प्रस्थान गर्न लागेको जानकारी दिँदै उनले आफ्नो चीन भ्रमणले विधेयक निर्माण प्रक्रियामा असर नपर्ने बताए ।

चीन भ्रमणको क्रममा सभामुख महराले नेपालसंगको सिमा नाका तातोपानी र केरुङमा निर्माण हुने पुलको शिलान्यास गर्नुको साथै ट्रान्स हिमालय वेल्ड एण्ड रोड इन्टरनेशनल फोरम कोअपरेशन फोरममा पनि सहभागी हुने कार्यक्रम छ ।

सभामुख महराको नेतृत्वमा चीनमा आयोजना हुने मेलामा सहभागी हुन सांसदहरु शान्तिमाया तामाङ, रंगमति शाही, उमाशंकर अरगरिया, दुर्गा पौडेल लगायत पत्रकार तथा सचिवालयका कर्मचारी सहितको १० सदस्यीय टोली शुक्रबार बिहान त्यसतर्फ जान लागेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);