वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने : मात्रिका यादव | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने : मात्रिका यादव

Matrika-Yadav

काठमाडौं, २१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने बताएका छन् ।

मन्त्री यादवले सरकारले वैदेशिक लगानी भित्रयाउन लगानीकर्ताहरुको लगानीको उचित सुरक्षा गर्न सक्दो प्रयास गरिरहेको दावी गरे । बिहिबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वैदेशिक लगानीसम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउने विषयमा सरकारलाई आवश्यक सुझाव दिन निजी क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवि र संचारकर्मीहरुलाई आग्रह गरे ।

लगानी गर्नेलाई नाफा हुन्छ भन्ने विश्वास सरकारले दिलाउने मन्त्री यादवको भनाई छ । उनँले मुलुकमा वैदेशिक लगानी भित्रयाउन प्रयास गरिरहँदा पनि सरकारको आलोचना संचारमाध्यामबाटै हुने गरेको गुनासो गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);