काठमाडौं, ७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले चार नेतालाई पार्टी केन्द्रीय कार्यसमिति सदस्य पनि मनोनित गरेको छ। हरिप्रसाद नेपाल, राधेचन्द्र यादव, अमृत अर्याल र ध्यानगोविन्द रञ्जितलाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जनाएको छ।
त्यस्तै रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ। समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य छन्।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि अनुशासन समिति गठन गरेका हुन्।